• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा पूर्वपत्रकारको मृत्यु प्रकरण: प्रेस युनियनले भन्यो यर्थाथ बाहिर तत्काल ल्याउ

खोटाङमा पूर्वपत्रकारको मृत्यु प्रकरण: प्रेस युनियनले भन्यो यर्थाथ बाहिर तत्काल ल्याउ

images

प्रभाव न्यूज

१४ जेठ २०७९
  • 10.3K
    SHARES
  • images
    खोटाङमा पूर्वपत्रकारको मृत्यु प्रकरण: प्रेस युनियनले भन्यो यर्थाथ बाहिर तत्काल ल्याउ
    images
    images
    images

    खोटाङ, जेठ १४ -  नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले पूर्वपत्रकार मणिराम दाहाल मृत्यु प्रकरणको विषयमा तत्काल छानविन गरि यथार्थ बाहिर ल्याउन आग्रह गरेको छ।

    images

    शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै युनियनले युनियन खोटाङका पूर्वसंस्थापक सदस्य एवं पूर्वअध्यक्ष दाहालको शरीरमा चोटपटक हुनु, भुइँमा सुतेको र सिरक ओढेको, नाक तथा मुखबाट रगत बगेको अवस्थामा भेटिनुले अप्राकृतिक ढंगले मृत्यु भएको देखिएको बताएको छ। विज्ञप्तिमा लेखिएको छ, ‘स्मरण रहोस उहाँ बसोबास गर्दै आएको स्थान नै प्रहरीको सुरक्षासँग जोडिएको सबैलाई थाहा छ,’ विज्ञप्तिमा भनिएको छ।

    ‘यसर्थ घटनाको सत्यतथ्य पत्ता लगाई चाँडोभन्दा चाँडो वास्तविकता बाहिर ल्याउन जोडदार माग गर्दछौँ।’

    दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा दाहाल शुक्रबार बिहान मृत फेला परेका थिए।

    images

    याे पनि 

    images

    खोटाङमा पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन

    खोटाङमा पुर्वपत्रकार दाहाल मृत भेटिए

     

     

    images
    images

    प्रकाशित :जेठ १४, २०७९ शनिवार - २१:०७:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij