• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा पुर्वपत्रकार दाहाल मृत भेटिए

खोटाङमा पुर्वपत्रकार दाहाल मृत भेटिए

images

प्रभाव न्यूज

१३ जेठ २०७९
  • 15.0K
    SHARES
  • images
    खोटाङमा पुर्वपत्रकार दाहाल मृत भेटिए
    images
    images
    images

    खोटाङका पुर्वपत्रकार मणिराम दाहाल (६३) आफ्नै कोठामा मृत फेला परेका छन्। दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थायी ठेगाना भएका दाहाल डेढ वर्षदेखि बहुउद्धेश्यीय सहकारीको कार्यालय रहेको घरमा बस्दैआएका थिए।

    images

    दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेको प्रहरीले जनाएको छ। शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको आफन्तले बताएका छन्।

    मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए।

    दाहाल बस्दै आएको दुई कोठा मध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ। घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाईल हराएको छ। उनको मुत्युलाई आफन्तले शंकास्पद मानेका छन्।

    images

    घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने देखिएको नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौंलागाईले बताए । दाहालको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।

    images

    दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए। उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पुर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए।

    images
    images

    प्रकाशित :जेठ १३, २०७९ शुक्रवार - २३:२७:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij