• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गठबन्धनले आह्वान गरेको एक दिने बन्दप्रति जन्तेढुंगा गाउँपालिकाले निकाल्यो बन्द नहुने विज्ञप्ती

गठबन्धनले आह्वान गरेको एक दिने बन्दप्रति जन्तेढुंगा गाउँपालिकाले निकाल्यो बन्द नहुने विज्ञप्ती

images

प्रभाव न्यूज

१० चैत्र २०७८
  • 13.7K
    SHARES
  • images
    गठबन्धनले आह्वान गरेको एक दिने बन्दप्रति जन्तेढुंगा गाउँपालिकाले निकाल्यो बन्द नहुने विज्ञप्ती
    images
    images
    images

    खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिकाले विज्ञप्ती जारी गर्दै बन्द नगर्न सबै निकायलाई निर्देशन गरेको छ।

    images

    एमालेका कार्याकर्ताबाट कांग्रेसका एक नेतामाथि सांघतिक आक्रमण भएको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलले भोलि (शुक्रबार) गाउँपालिकामा एक दिने बन्दको आह्वान गरेका थिए।

    गठबन्धनले विज्ञप्ती जारी गरेर गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्थाबाहेक सम्पूर्ण कार्यालय, व्यापार–व्यवसाय, संघसंस्था बन्द गर्न आह्वान गरेका थिए।

    गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईद्वारा हस्ताक्षरित विज्ञप्ती पनि जारी भएको छ। ‘विज्ञप्तीमा भनिएको छ, चैत्र ११ गते गाउँपालिका अन्तरगत सरकारी कार्यालयहरु र विद्यालयहरु बन्द गर्ने भनि बजारमा अनावश्यक हल्ला गर्दै सूचना प्रशारित भएकोमा उक्त दिन कुनै पनि सरकारी कार्यालयहरु बन्द नहुने व्यहोरा अवगत गराइन्छ।’

    images

    गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा यदि विद्यालय र सरकारी कार्यालय बन्द गरि कर्मचारी तथा शिक्षकहरु अनुपस्थित भएमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कडा कारबाही हुने उल्लेख गरिएको छ।

    images

    कांग्रेस नेता देवराज बस्नेतमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको भन्दै र त्यसको विरुद्धमा एक दिने बन्दको आह्वान गर्दै गठबन्धनले विज्ञप्ती जारी गरेको थियो।

    गठबन्धनले जारी गरेको विज्ञप्तीमा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले निरङ्कुश गतिविधि गरेको भनिएको छ। २०७४ सालको स्थानीय तह निर्वाचनबाट गाउँपालिकामा बनेको एमाले सरकारले निरंकुशता प्रदर्शन गरेको भन्दै त्यसविरुद्ध भोलि बिहान १० बजे गाउँपालिकाको चिसापनी बजारमा विरोध प्रदर्शन पनि हुने भएको छ।

    गाउँपालिकाले पाँच वर्षको अवधिमा इतर पार्टीका सामान्य मतदाता समेतलाई साधारण मजदुरीदेखि हरेक सेवा सुविधाबाट वञ्चित गराएको गठबन्धनद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

    आफ्नो दल आबद्धलाई मात्र उपभोक्ता समितिमा राखेर कमिसन माग्ने करारका कर्मचारीमार्फत घुसखोरी गरी चरम भ्रष्टचार गर्ने, जनतामा त्रास फैलाउने, सर्वसाधरण जनमानसलाई आतंकित बनाई रहने कार्य वर्तमान गाउँपालिका सरकारले गरेको गठबन्धनले विज्ञप्तीमा उल्लेख गरेको छ।

    कांग्रेस सभापति बाजिन्द्र विष्ट, नेकपा माओवादी केन्द्र ६ नं. वडा कमिटी अध्यक्ष डिल्लीशेर राई, नेकपा एकीकृत समाजवादीका गाउँपालिका अध्यक्ष सुमन राई र जनता समाजवजादी पार्टीका गाउँपालिका अध्यक्ष सुक्रिम राईद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘गाउँपालिकाले अनियमितता गरेर कमाएको रकमले नेकपा एमालेबाट पालित गुण्डागर्दीका विरुद्धमा आम जनता र जनतासँग जोडिएका राजनीतिक दल प्रतिरोध गर्न सक्षम रहेको जानकारी गराउँदै आम जनसमुदाय त्रास र भयमुक्त हुन आग्रह गर्दछौँ।’

    याे पनि

    एमाले कार्यकर्ताबाट कांग्रेस नेतामाथि सांघतिक आक्रमण भएपछि जन्तेढुंगा गाउँपालिकामा बन्दको आह्वान

    images
    images

    प्रकाशित :चैत्र १०, २०७८ बिहिवार - १८:४५:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij