• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सरकारी विज्ञापनमा एकद्वार प्रणाली सर्वोच्चबाट खारेज

सरकारी विज्ञापनमा एकद्वार प्रणाली सर्वोच्चबाट खारेज

images

प्रभाव न्यूज

३० आषाढ २०८३
  • 2.3K
    SHARES
  • images
    सरकारी विज्ञापनमा एकद्वार प्रणाली सर्वोच्चबाट खारेज
    images
    images
    images

    काठमाडौं । सरकारी विज्ञापन प्रकाशनका निम्ति सरकारले लागु गरेको एकद्वार प्रणाली सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार (असार ३०) सरकारको निर्णय उत्प्रेषको आदेशद्वारा खारेज गरिदिएको हो ।

    images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन एवं प्रसारण गर्ने गरी एकद्वार प्रणाली लागु थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी यससम्बन्धी परिपत्र सार्वजनिक र निजी सञ्चारमाध्यमको हित प्रतिकूल भएको भन्दै नेपाल मिडिया सोसाइटीले ०८२ साल चैत २३ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

    सर्वोच्चको संयुक्त इजलासले प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर घोषित गरेको छ । 

    images

    images
    images

    प्रकाशित :आषाढ ३०, २०८३ मंगलवार - १७:०६:१९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij