• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


मिडिया हाउसमा गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडी चढेर फर्केको सूचना छ : गगन थापा

मिडिया हाउसमा गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडी चढेर फर्केको सूचना छ : गगन थापा

images

प्रभाव न्यूज

२९ आषाढ २०८३
  • 10.4K
    SHARES
  • images
    मिडिया हाउसमा गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडी चढेर फर्केको सूचना छ : गगन थापा
    images
    images
    images

    नेपाली काग्रेसका सभापति गगन थापाले सरकार नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् ।

    images

    ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उनले बीपी कोइरालाले राणा प्रधानमन्त्रीलाई नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकारलाई अब कसैले रोक्न सक्दैन भनेर उतिबेला दिएको जवाफको स्मरण गरे ।

    उनले भने, 'पार्टी नेताका घर, मिडियाका कार्यालय र व्यवसायीका व्यापारिक क्षेत्रमा गाडि तेर्स्याएर नागरिकको निजी सम्पत्ति, उसको आर्जन र जीवनमाथि क्षति पुर्‍याउने कुनै अधिकार राज्यले राख्दैन ।'

    सभापति थापाले गाडी तेर्स्याउन आएकाहरू सरकारी गाडी चढेर फर्केको स्थानीय नागरिकबाट जानकारी पाएको उल्लेख गर्दै सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाहको अवस्थाबारे दल र मिडियाले प्रश्न उठाउन थालेपछि राज्यले यो व्यवहार गरेको बताए ।

    images

    उनले सुकुम्बासी समस्यालाई दलीयकरण गर्ने कांग्रेसको नीति नरहेको प्रस्ट पार्दै कानुनले दिएको निकास नखोजेर सरकार आफैँले समस्या सिर्जना गरेको बताए । सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नुपर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको उल्लेख गरे ।

    images

    images
    images

    प्रकाशित :आषाढ २९, २०८३ सोमवार - १९:१९:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij