• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे

कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे

images

प्रभाव न्यूज

१५ जेठ २०८३
  • 2.7K
    SHARES
  • images
    कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे
    images
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ।

    images

    संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल भएको प्रमुख सचेतक वासना थापाले बताइन्।

    उनले भनिन्, ‘हिजोको अभ्यास हो। उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने कारण पनि धेरै म यस्तो काममा व्यस्त छु या मेरो स्वास्थ्य अवस्था ठीक छैन या म बाहिर जाँदै छु भनेर कारण देखाइदिनुभएको भए हुन्थ्यो।’

     

    उनले सत्तापक्ष बहुमतको आधारमा हिँड्न खोजेको आरोप लगाइन्।

    images

    उनले भनिन्, ‘बजेटमा पनि विगतमा राय सुझाव लिएर अगाडि बढिन्थ्यो, निर्णय सरकार पक्षकै हुन्थ्यो, यसमा दुईमत छैन। तर प्रतिपक्षको कुरा पनि सुनिन्थ्यो। अहिले भने प्रतिपक्षले खोजेको जवाफ प्रधानमन्त्रीबाट पाइरहेको अवस्था छैन, जुन आम जनताले पनि पाउनुपर्ने हो।’

    images

    उनले बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताइन्।

    उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि कार्यान्वयन गर्न सरकारसँग माग गरिन्।

    उनले भनिन्, ‘कानुनभन्दा माथि कोही पनि हुँदैन। कांग्रेसले कानुनसम्मत हुने प्रक्रियालाई स्वीकार गर्छ। पहिले समात्ने अनि अनुसन्धान गर्ने जस्तो मिडिया स्टन्ट भन्दा पनि सत्य तथ्य छानबिन गरेर कानुनसम्मत रूपमा अगाडि बढ्नुपर्छ। यदि प्रतिवेदनमा उल्लेख भएका कुराहरू सत्य हुन् भने यसलाई अगाडि बढाउनुपर्छ, यसमा हाम्रो पूर्ण समर्थन रहनेछ।’

    images
    images

    प्रकाशित :जेठ १५, २०८३ शुक्रवार - ०८:३८:४०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij