• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


पूर्णबहादुरले भने– गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्

पूर्णबहादुरले भने– गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्

images

प्रभाव न्यूज

२ जेठ २०८३
  • 4.0K
    SHARES
  • images
    पूर्णबहादुरले भने– गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्
    images
    images
    images

    काठमाडौं– नेपाली कांग्रेसका पूर्वकार्यवहाक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका छन् ।

    images

    कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आयोजना गरेकाे गोष्ठीमा बोल्दै खड्काले पार्टी विभाजनको डिलमा रहेको बताएका हुन् ।‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु ।

    तर, पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मामा छ भनेको छु,’ उनले भने । उनले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको बताए । खड्काले आफूलाई भेट्न आएका सभापति थापालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएको पनि बताए ।

    उनले अहिले पनि थापा सानेपाको मात्रै सभापति भएको टिप्पणी गरे ।

    images

    तत्कालीन समयमा गिरिजाप्रसाद कोइरालाका कारणले पार्टी फुटेको र उनकै कारणले पार्टी एकीकरण भएको बताउँदै अहिले पनि पार्टी फुटाउने वा जुटाउने सम्पूर्ण हात सभापति थापासँग रहेको बताए ।

    images

    images
    images

    प्रकाशित :जेठ २, २०८३ शनिवार - १८:२०:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij