• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

images

प्रभाव न्यूज

२८ बैशाख २०८३
  • 8.0K
    SHARES
  • images
    कर्मचारीको ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
    images
    images
    images

    सर्वोच्च अदालतले कर्मचारी संगठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    images

    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतले सोमबार ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो ।

    संवैधानिक इजलासमा ५ मध्ये ३ न्यायाधीशको बहुमतले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले फरक राय पेस गरेका छन् ।

    केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा चौथो वरीयताका सर्वोच्चका न्यायाधीशको वरीयतामा सपना प्रधान मल्ल पहिलो नम्बरमा छन् ।

    images

    उनी हाल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् । न्यायाधीश डा. मनोजकुमार शर्मा अघि कुमार रेग्मी र हरिप्रसाद फुँयाल छन् ।

    images

    यसअघि सरकारले कर्मचारीलाई दलीय राजनीतिबाट मुक्त गर्न भन्दै ट्रेड युनियन खारेज गरेको थियो । सोमबार सार्वजनिक सरकारका नीति तथा कार्यक्रममा राजनीतिक दलमा आबद्ध हुने कर्मचारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुनेगरी बर्खास्त गरिने घोषणा गरिएको छ ।

    images
    images

    प्रकाशित :बैशाख २८, २०८३ सोमवार - २१:५३:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij