काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई प्रश्नैप्रश्न गरेका छन् ।
सोमबार (वैशाख २८) बसेको प्रतिनिधिसभा बैठकमा उनले भने, “लिपुलेकमा भारतले पदयात्रा बनाउँदा किन मौन छ यो सरकार, किन कूटनैतिक वार्ता गर्न सकेन ? हस्ताक्षरबिना किन कूटनीतिक नोटको भरमा किन चुप्पी साधेर बसेको छ यो सरकार ?”
सुकुम्वासीलाई बेघर बनाउँदै रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने भन्दै उनले सरकार असफल भइसकेको टिप्पणी गरे । संविधानतः बाँच्न पाउने र आवासको अधिकार उल्लंघन गरिएको उनले बताए ।

“गरिब बस्ती अनि बिजोग गरी राखिएका होल्डिङ सेन्टरमा प्रधानमन्त्री जानुभयो ? कि जानुभएको छैन ? कि आफ्नै कार्यालयमा लुकी बस्नुभएको छ ?” उनले भने ।
विधि, थिति मिचेर सरकारले अध्यादेश ल्याएको उनले आरोप लगाए । संसद् छल्नु भनेको जनमत र लोकतन्त्र नमान्नु रहेको उनले बताए । “सरकार आफैँ लोकतन्त्र कमजोर बनाउने दिशामा किन गयो ?” उनको प्रश्न थियो ।
उनले अगाडि भने, “संवैधानिक परिषद्का बारेमा ६ संख्यामा तीन कसरी बहुमत भयो ? चौथो वरीयतालाई पहिलो देख्ने सरकारलाई चार पहिले आउँछ कि एक आउँछ भनेर सिकाउनुपर्ने भयो ।”