• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति

श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति

images

प्रभाव न्यूज

२५ बैशाख २०८३
  • 1.7K
    SHARES
  • images
    श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति
    images
    images
    images

    काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबिच एकताको सहमति भएको छ । 

    images

    गएराति भएको दुई पक्षीय वार्ताका क्रममा एकतासम्बन्धी सहमति भएको हो । किराती निकट स्रोतका अनुसार उनलाई वरिष्ठ नेताका साथै उनी निकटका केही नेताको व्यवस्थापन गर्नेगरी एकताको सहमति भएको हो । सहमतिसँगै आजै एकताको घोषणा गर्नेगरी राजधानीमा कार्यक्रम राखिएको छ । 

    पूर्वमाओवादी नेता किराती चुनावअघि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए । तर, सो पार्टीपनि उनले परित्याग गरेका थिए ।

    images
    images

    प्रकाशित :बैशाख २५, २०८३ शुक्रवार - ०९:२४:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij