• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


अमेरिकी विशेष दूत गोरले भेटे दुई मन्त्री, के भयो कुराकानी ?

अमेरिकी विशेष दूत गोरले भेटे दुई मन्त्री, के भयो कुराकानी ?

images

प्रभाव न्यूज

१८ बैशाख २०८३
  • 5.3K
    SHARES
  • images
    अमेरिकी विशेष दूत गोरले भेटे दुई मन्त्री, के भयो कुराकानी ?
    images
    images
    images

    काठमाडौँ । अमेरिकी दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरले सरकारका दुई मन्त्रीसँग भेट गरेका छन् । गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरेका छन् ।

    images

    परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    लगानी र व्यापार प्रवर्द्धनमा विशेष जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्नेबारे पनि कुरा भएको जनाएको छ ।यस्तै, गोरले अर्थमन्त्री वाग्लेसँग अर्थ मन्त्रालयमा झन्डै २० मिनेट भेटवार्ता गरे।

    भेटमा नेपाल र अमेरिका बिचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको जनाइएको छ। नयाँ सरकार बनेपश्चात अमेरिकाबाट यो दोस्रो उच्चस्तरीय भ्रमण हो ।

    images

    यसअघि अमेरिकाका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री समिर पल कपुर ७ वैशाखमा नेपाल आएका थिए ।त्यसको १० दिनपछि नै ट्रम्पका दूतको भ्रमणले नेपालसँगको सम्बन्धलाई अमेरिकाले प्राथमिकतामा राखेको चर्चा कुटनीतिक वृत्तमा चलेको छ ।

    images

    दुवै भ्रमणहरू आर्थिक सहकार्य अभिवृद्धिसँग सम्वन्धित छन् ।

    हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोर ट्रम्पनिकट कुटनीतिज्ञका रूपमा चिनिन्छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेटवार्ता तय भएको छैन ।

    images
    images

    प्रकाशित :बैशाख १८, २०८३ शुक्रवार - २०:४३:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij