• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

images

प्रभाव न्यूज

८ बैशाख २०८३
  • 19.4K
    SHARES
  • images
    यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
    images
    images
    images

    काठमाडौं । आजको मन्त्रिपरिषद् बैठकले ५ वटा निर्णय गरेको छ ।

    images

    सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले निर्णयहरू सार्वजनिक गरेका छ्न् । तिमिल्सिनाका अनुसार मुख्य निर्णयहरू यसप्रकार छन्-

    – धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन

    – नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

    images

    – प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

    images

    – मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति

    -समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य (प्युठान) र सदस्यमा नवराज सिम्खडा (धादिङ) साथै रोशनबहादुर शाक्य (ललितपुर) लाई नियुक्ति र मनोनयन

    images
    images

    प्रकाशित :बैशाख ८, २०८३ मंगलवार - १७:१५:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij