• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


जेनजी मुभमेन्टले भन्यो-गृहमन्त्री तत्काल राजिनामा देऊ ,नत्र भयानक आन्दोलन गर्छौं

जेनजी मुभमेन्टले भन्यो-गृहमन्त्री तत्काल राजिनामा देऊ ,नत्र भयानक आन्दोलन गर्छौं

images

प्रभाव न्यूज

७ बैशाख २०८३
  • 50.5K
    SHARES
  • images
    जेनजी मुभमेन्टले भन्यो-गृहमन्त्री तत्काल राजिनामा देऊ ,नत्र भयानक आन्दोलन गर्छौं
    images
    images
    images

    काठमाडौं। गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको विषयले राजनीतिक दबाब तीव्र बन्दै गएको छ।

    images

    जेनजी मुभमेन्ट नेपालले सोमबार औपचारिक रूपमा सरकारसमक्ष गुरुङलाई पदबाट हटाएर निष्पक्ष छानबिनको वातावरण बनाउन माग गरेको छ।

    मुभमेन्टका अनुसार बहालवाला गृहमन्त्रीकै हैसियतमा रहँदा उनीमाथि उठेका आरोपहरूको निष्पक्ष अनुसन्धान सम्भव नहुने जोखिम छ।

    त्यसैले छानबिनलाई प्रभावमुक्त बनाउन तत्काल पदत्याग आवश्यक रहेको उनीहरूको तर्क छ। प्रवक्ता विजय शाहले जारी गरेको वक्तव्यमा मन्त्री पद र अनुसन्धान सँगै अघि बढ्नु नै ‘स्वार्थको द्वन्द्व’ भएको उल्लेख गर्दै यस्तो अवस्थामा नैतिकता र कानुनी मापदण्ड दुवै कमजोर हुने चेतावनी दिइएको छ।

    images

    यता, सरकारको निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ। मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक अभ्यास नबनाउन आग्रह गर्दै जेनजी मुभमेन्टले नेतृत्वबाट परिपक्वता र जवाफदेहिताको अपेक्षा गरेको छ।

    images

    गुरुङको नाम विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्भावित साझेदारीमा जोडिएपछि यो प्रकरण थप चर्किएको हो। सुशासन र पारदर्शिताको विषयमा कुनै सम्झौता नगर्ने चेतावनीसहित मुभमेन्टले छिटो निर्णय लिन सरकारलाई दबाब दिएको छ।

    images
    images

    प्रकाशित :बैशाख ७, २०८३ सोमवार - ०७:२८:५१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij