• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन म सभापति बन्नैपर्ने अवस्था आयो : डा. शशांक काेइराला

बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन म सभापति बन्नैपर्ने अवस्था आयो : डा. शशांक काेइराला

images

प्रभाव न्यूज

७ भाद्र २०८२
  • 3.0K
    SHARES
  • images
    बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन म सभापति बन्नैपर्ने अवस्था आयो : डा. शशांक काेइराला
    images
    images
    images

    काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताएका छन् ।

    images

    नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको १५ औं महाधिवेशनमा सहयोगको अपेक्षा राखेको भन्दै सहयोग पाए नेपाली कांग्रेसका नेता कार्याकर्ताले खोजेको नेपाली कांग्रेस बनाएर छोड्ने घोषणा गरे ।

    उनले भने, ‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ । म लाखौ कमाउने मान्छे हो मैले त्यो छोडेर राजनीतिमा आएको हो । मलाई कुनै लोभ छैन् । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो । बीपी १४ वर्ष जेल बस्नुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युबरण गर्नुभयो । कृष्णप्रसाद कोइरालाको हजारौ विगाह जमिन थियो । आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युबरण गर्न तयार हुनुभयो । त्यही भएकाले भोलीका दिनमा महाधिवेशनमा मलाई तपाईहरुको सहयोगको अपेक्षा राखेको छु । सहयोग गर्नुहोला म तपाईहरुले खोजेको कांग्रेस बनाएरै छाड्छु ।’

    डा. कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउने केहि आधारहरु पनि प्रस्तुत गरे । उनले नेपाली कांग्रेसको विधानलाई परिमार्जन गर्नुपर्नेदेखि पार्टीलाई एकढिक्का बनाउने र नेता कार्याकर्ताहरुलाई न्याय दिलाउने आधार पनि प्रस्तुत गरे ।

    images
    उनले कांग्रेसको विधानमा भएको केहि व्यवस्था गलत रहेको बताए । उनले पार्टी सभापतिको मात्र चुनाव गराउने व्यवस्था गरेर सभापतिलाई पूर्ण अधिकार दिएर काम गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले हरेक पदमा चुनाव भएकाले पनि गुट उपगुट बनेका भन्दै सभापतिको मात्र चुनाव गराएर सो कार्यकाल सभापतिलाई पूर्ण रुपमा पार्टी चलाउन दिनुपर्ने प्रस्ताव गरे ।

    उनले भने, ‘बीपी कोइरालाका पालाको विधान कस्तो थियो । समावेशी शब्द उहाँले कहिल्यै प्रयोग गर्नुभएन । मन्त्री बनाउदाको समावेशीता हेरौ केन्द्रीय समिति बनाउदाको समावेशीता हेरौ । विधानमा लेखर मात्र हुन्छ त नेता व्यवहारिक भयो स्वार्थी भएन भने किन विधान चाहियो ।’ डा कोइरालाले चुनावका बेलामा टिकट वितरण गर्दा केन्द्रीयकरण गर्न नहुने बताए ।

    images

    उनले केन्द्रका २०–३० जना प्रभावशाली नेताहरुले भाग लगाएर टिकट वितरण गर्दा समस्या भएको उल्लेख गरे । उनले टिकट दिने बेलामा पार्टीको तल्लो तहको रिपोर्टका आधारमा टिकट दिनुपर्ने बताए । कोइरालाले भने– ‘जिल्ला सभापति पालिका सभापति क्षेत्रिय सभापति वडा सभापति छन् । उनीहरुको सुझाव लिएर निर्णय गरौँ । पार्टीको संरचनालाई परिचालन गरौ किन केन्द्रीयकरण गरेर सबै जसअपजस आफ्नो थाप्लामा लिने ? तल्लो तहमा अधिकार दिएर पार्टीका तल्लै तहदेखि बलियो बनाउने तर्फ लाग्न जरुरी छ । पार्टीका तल्ला निकाय बलिया भएमा केन्द्र बलियो हुन्छ । अनि कांग्रेस नै बलियो बन्छ । नेतृत्वमा बस्नेहरुले मेरो कि तेरो मान्छे भनेर बन्न हुन्न । यसो भन्ने वित्तिकै पार्टी भित्रको एकता समाप्त हुन्छ ।’

    डा. कोइरालाले भातृसंगठनहरुको अवस्था दर्दानाक भएको हजार जना क्रियाशील भएको वडामा कांग्रेसलाई २ सय पनि मुस्किलले भोट आउने अवस्था भएकाले पनि सभापतिलाई बलियो बनाउन आवश्यक रहेको बताए ।

    मेरो तेरो नभनि योग्य मान्छेलाई टिकट दिनुपर्ने भन्दै योगदान गरेको मान्छे चुनाव लड्ने योग्य हुँदैन भने उसको योगदानको अर्को बाटो खोजेर कदर गर्नुपर्ने पर्ने पनि कोइरालाको भनाई थियो । उनले पैसा नहुने तर योग्य मान्छे भए पार्टीले सहयोग गरेर चुनाव लडाउनुपर्ने बताए ।

    कोइरालाले नेपाली कांग्रेसको एकता महत्वपूर्ण भएको भन्दै कांग्रेस एकभए कहिल्यै पनि दोश्रो हुन नपर्ने स्पष्ट पारे ।

    उनले भने, ‘हाम्रो इतिहास छ हाम्रो विचार छ । हाम्रा नीति तथा कार्यक्रम बलिया छन् । हामीले थालेको विकासका योजना बलिया छन् । २०४८ सालमा ७ हजार किलोमिटर कालोपत्रे सडक थिए । आज २ लाख किलोमिटिर भएको छ यो कांग्रेसको थालेको विकासका योजना बलिया छन् भन्ने हो । एउटा विश्वविद्यालयबाट आज २० वटा पुगेका छन् । एउटा मेडिकल कलेज थियो आज ३० वटा पुगेका छन् । हवाई कम्पनीको विकास हेर्नुस मोवाइल हेर्नुस । कांग्रेस भनेको परिवर्तनको पक्षमा रहने जनताको पक्षमा रहने विचार हो भनेर हामीले किन भन्दैनौ ।’

    उनले कांग्रेसको जग नै मधेश भएकाले अब कांग्रेसले मधेशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले मधेशमा कांग्रेस छिन्न भिन्न भएको अवस्थामा कांग्रेस बलियो नहुने बताए ।

    उनले भने, ‘मधेशमा हामीले किन फोकस गर्न सकिरहेका छैनौ । कांग्रेस किन स्खलित हुँदै गएको छ । कांग्रेसको जग नै मधेश हो अब कांग्रेसले मधेशलाई केन्द्रमा राखेर फोकस गर्दछ । कांग्रेसको सुरुवाती नै मधेश हो । बीपी कोइराला नै मधेशको हो । मधेशमा कांग्रेस बलियो भयो भने मात्र कांग्रेस बलियो हुन्छ कांग्रेसको एकल सरकार पनि बन्छ ।’

    कोइरालाले चुनावमा अन्य पार्टीसंग गठबन्धन गर्नुपर्छ भन्ने कुराको आफू विरोधी भएको बताए । उनले गठबन्धन गरेर चुनावमा साथी खोज्ने हो भने पार्टी किन चलाउने भनि प्रश्न गर्दै भने, ‘गठबन्धन गरेर चुनावमा साथी खोज्ने हो भने पार्टी किन चलाउने ? सवैभन्दा पहिला कांग्रेसलाई बलियो बनाऔं । हामी मनै देखि एकजुट भए कसैले पनि हराउन सक्दैन मैले बारम्बार भनेको छु । हामी ह्दयदेखि नै एक हुनुपर्छ । टिकट एकजनाले पाउछ बाँकी सबै हराउन लागेर कांग्रेस बलियो बन्छ ।’

    images
    images

    प्रकाशित :भाद्र ७, २०८२ शनिवार - १२:५२:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij