• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्छ : प्रचण्ड

देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्छ : प्रचण्ड

images

प्रभाव न्यूज

५ भाद्र २०८२
  • 6.3K
    SHARES
  • images
    देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्छ : प्रचण्ड
    images
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिको पूरै जिम्मा आफूले लिएजस्तो लाग्ने गरेको बताएका छन् ।

    images

    बुधबार काठमाडौंमा साहित्यकार बाबा बस्नेतका कृति लोकार्पण गर्दै प्रचण्डले आफु प्रतिपक्षी दलको नेता भएपनि देशको राजनीतिको पुरै जिम्मा आफ्नै काँधमा रहेको र आफुले छाडे भत्किहाल्छ जस्तो लाग्ने गरेको बताए ।

    प्रचण्डले आफूलाई अहिले पनि जिम्मेवारीले थिचिरहेको र जिम्मेवारी पूरा गर्नको लागि समर्पित रहेको धारणा राखे ।उनले आफुलाई साहित्य क्षेत्रमा निकै रुची रहेपनि चाहेर पनि समय दिन नसकेको जिकिर गरे ।

    प्रचण्डले आफुले पटक पटक सरकारको नेतृत्व गर्दा साहित्य कला र खेलकुदको क्षेत्रलाई प्राथमिकतामा राखेर न्याय गरेको बताए ।

    images

    कार्यक्रममा प्रचण्डले तीनवटा कृति रङ्गीन घरहरू (कथासङ्ग्रह), ढुङ्गामा आकार (कवितासङ्ग्रह) र आवाज (श्रव्य नाटकसङ्ग्रह) लोकार्पण गरेका थिए ।

    images

    images
    images

    प्रकाशित :भाद्र ५, २०८२ बिहिवार - ०७:२०:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij