• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


साढे ६ किलोबराबर सुनका गहनासहित ११ भारतीय पक्राउ

साढे ६ किलोबराबर सुनका गहनासहित ११ भारतीय पक्राउ

images

प्रभाव न्यूज

२५ श्रावण २०८२
  • 7.0K
    SHARES
  • images
    साढे ६ किलोबराबर सुनका गहनासहित ११ भारतीय पक्राउ
    images
    images
    images

    पोखरा । कास्की प्रहरीले ६.४ किलोबराबर सुनका गहनासहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबैजना कालिगडदेखि सुनसम्बन्धी काम गर्नेहरू हुन् ।

    images

    उनीहरू पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बस्दै आएका थिए । ‘अपरेसन एल्लो मेटल’ नाम दिएर प्रहरीले पोखरा–२, ३, ४ र ९ नम्बर क्षेत्रमा सुनचाँदीको अवैध कारोबार गर्नेमाथि निगरानी बढाएको थियो ।

    प्रहरीको संयुक्त टोली खटाइएको थियो । सोहीक्रममा शुक्रबार (साउन २३) उनीहरूलाई पक्राउ गरिएको हो ।उनीहरू सबैका साथबाट फरक–फरक परिमाणमा गरी साढे ६ किलोबराबर सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद सुनको परिमाण ५४९ तोला ४० लाख (६ किलो ४०० ग्राम) रहेको कास्की प्रहरीका प्रवक्ता एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । यस्तै, ४४४ तोला ७३.९ लाल चाँदी र पाँच लाख १४ हजार ६६५ रुपैयाँ नगद बरामद गरिएको उनले बताए ।

    images

    पक्राउ परेकाहरूलाई थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने बस्नेतले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :श्रावण २५, २०८२ शनिवार - २०:१३:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij