• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : महामन्त्री शर्मा

सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : महामन्त्री शर्मा

images

प्रभाव न्यूज

२५ श्रावण २०८२
  • 9.6K
    SHARES
  • images
    सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : महामन्त्री शर्मा
    images
    images
    images

    काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

    images

    न्युज एजेन्सी नेपालसँग काठमाडौँमा कुराकानी गर्दै महामन्त्री शर्माले नागरिकमाथि शङ्का गर्दै आँगनसम्म पुग्ने अधिकार भए पनि ओछ्यानमा नै पुगेर अनुसन्धान गर्ने अधिकार सरकारसँग नभएको टिप्पणी गरे । उनले व्यक्तिको फोन संवाद सुन्नु, रेकर्ड गर्नु भनेको व्यक्तिको गोपनीयताको हकको सरकारले नै हनन गर्ने अवस्था भएको बताए ।

    सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ । नागरिकलाई सुरक्षा दिन्छु भन्ने सरकारले निगरानी गर्ने र वदनियत राख्ने अवस्था बनाउनु निन्दनीय रहेको उनको तर्क छ ।

    नेपालमा कानूनको दुरुपयोग र अपव्याख्या धेरै हुने हुँदा यस्ता कानुनहरू सत्ता र शक्तिमा बस्नेहरूले आफू अनुकूल प्रयोग गर्ने जोखिम रहेको महामन्त्री शर्माको भनाइ छ । उनले सरकारले जनतालाई स्पष्ट रूपमा भनेर मात्र यस्ता कानुनहरू निर्माण गर्नुपर्ने बताए ।

    images

    महामन्त्री शर्माले २०७६ केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यस्तै कानुन ल्याउन खोज्दा धेरै विरोध भएपछि अगाडि बढ्न नसकेको उल्लेख गर्दै अहिले पनि सोही व्यक्ति प्रधानमन्त्री हुँदा ल्याउन खोज्दा शङ्काको दृष्टिले हेर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

    images

    images
    images

    प्रकाशित :श्रावण २५, २०८२ शनिवार - १६:५१:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij