• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित

images

प्रभाव न्यूज

२५ आषाढ २०८२
  • 4.5K
    SHARES
  • images
    कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित
    images
    images
    images

    काठमाडौं – नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    images

    केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन् । ढुंगानाले लुम्बिनी प्रदेश समितिलाई पत्र लेखेर कारबाहीको जानकारी गराएका हुन् ।

    खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको कारण देखाइएको छ ।

    कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

    images

    ‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ ।

    images

    नवलपरासीस्थित बर्दघाट नगरपालिका– १० का खनाल नेता डा. शेखर कोइराला निकट छन् । खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र केन्द्रीय सदस्य चौधरीबीच जुहारी समेत चलेको थियो ।

    images
    images

    प्रकाशित :आषाढ २५, २०८२ बुधवार - १६:१५:४८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij