• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ–माधव नेपाल

ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ–माधव नेपाल

images

प्रभाव न्यूज

२० आषाढ २०८२
  • 8.8K
    SHARES
  • images
    ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ–माधव नेपाल
    फाइल तस्बिर
    images
    images
    images

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको तत्कालीन ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका छन् । 

    images

    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले ०६२ मा नेकपा एमालेले राजतन्त्रबारे निर्णय गर्दा ओलीले दिएको अभिव्यक्ति स्मरण गर्दै चुनौती स्वीकार गरेर राजतन्त्र ढाल्ने निर्णय गरिएको बताएका हुन् । 

    ‘तपाईंहरूलाई म स्मरण गराउन चाहन्छु– ०६२ सालमा तत्कालीन नेकपा एमालेले राजतन्त्रलाई ढाल्ने निर्णय गर्‍यो । गणतन्त्रको नीतिमा अगाडि बढ्नपर्छ भन्ने निर्णय गर्दै थियो,’ नेपालले भने, ‘त्यहीँ भित्र बसेका केही मान्छेहरूले यो असम्भव छ भनिरहेका थिए । यो पार लाग्दैन भनिरहेका थिए । बाहिर गएर भाषण पनि गरे– जसरी बयल गाडा चढेर वासिङटन पुग्न सकिँदैन, त्यसैगरी आन्दोलन गरेर राजालाई ढाल्न सकिँदैन । हामीले त्यो चुनौती स्वीकार गर्‍यौँ । हामीले भन्यौँ– हेर्दै जानुस्, तपाईँ विरोध गर्दै रहनुस्, हामी राजतन्त्रलाई ढाली छाड्छौँ ।’ 

    उनले एकीकृत समाजवादी पार्टीबारे केही व्यक्तिहरूले नकारात्मक टिप्पणी गरिरहेको भन्दै आपत्ति जनाए । ‘हाम्रो पार्टीबारे केही मानिसहरूले नकारात्मक टिप्पणीहरू  गरिरहेका छन् । कसै–कसैले यो पार्टीको भविष्य छैन भन्छन्, कसै–कसैले यो पार्टी चल्दैन भन्छन्,’ अध्यक्ष नेपालले भने, ‘त्यस्ता भन्नेहरू विभिन्न कालखण्डमा देखा पर्ने गर्दछन् । सबै मान्छेमा उतिकै विश्वास हुँदैन, सबै मान्छेमा त्यत्तिकै आत्मविश्वास पनि हुँदैन ।’

    images

    images
    images

    प्रकाशित :आषाढ २०, २०८२ शुक्रवार - २१:०६:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij