• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आयो : गगन थापा

प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आयो : गगन थापा

images

प्रभाव न्यूज

१० जेठ २०८२
  • 7.9K
    SHARES
  • images
    प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आयो : गगन थापा
    images
    images
    images

    काठमाडौं –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा चामत्कारिक ढंगबाट गरिबी घटेको बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र आएसँगै नेपालमा विकासको नयाँ लहर आएको बताए ।

    images

    "त्यो २०–२५ वर्ष पछाडि, अहिले २०८१ सालमा आइपुग्दै गर्दा हिजो हातमुख जोर्न पनि गाह्रो भएको परिवारले आज कहाँ पुगेको छ भने एक तह माथि उठेको छ । नेपाल संसारका ती थोरै देशहरूमध्ये पर्छ, जसले गएको २०–२५ वर्षमा चामत्कारिक ढंगबाट आफ्नो देशको गरिबी घटाएको छ । अब त्यो परिवारका मान्छेले कसैले १०, कसैले ११, कसैले १२ पढेको छ," थापाले भने ।

    उनले प्रजातन्त्रसँगै भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास उल्लेख्यरूपमा भएको जिकिर गरे ।

    "प्रजातन्त्र आयो, विकासको एउटा नयाँ लहर आयो । त्यसले भौतिक विकास, पूर्वाधार विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्यको विकास भयो । मानव विकासमा पनि माथि बढ्यौँ । प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको विकासको आकांक्षा पनि जगायौँ," उनले भने ।

    images

    तर, अहिले नेपालको अर्थतन्त्र ठिक ढंगबाट अघि बढ्न नसकेको महामन्त्री थापाको भनाइ छ ।

    images

    images
    images

    प्रकाशित :जेठ १०, २०८२ शुक्रवार - १८:४५:४९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij