• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल

एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल

images

प्रभाव न्यूज

१० जेठ २०८२
  • 4.8K
    SHARES
  • images
    एमालेमाथि माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल
    images
    images
    images

    काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरलले नेकपा (माओवादी केन्द्र)ले एमालेमाथि आक्रमण गरिरहेको बताएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले एमाले र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको बताए ।

    images

    "हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वविरुद्धमा जुन हमला भइरहेको छ, जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरूले जुन हिसाबले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्ने कुरा बुझ्नुपर्छ । जसको ध्येय, उद्देश्य नै नेकपा (एमाले)लाई कमजोर र समाप्त पार्ने रहेको छ," उनले भने ।

    उनले अगाडि भने, "आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा (माओवादी) र तिनका कार्यकर्ता अत्यन्त आक्रामकरूपमा प्रस्तुत भइरहेको पाउने गर्दछौँ ।"

    अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको उनको दाबी छ । महासचिव पोखरेलले नेकपा (एमाले)को नेतृत्वको सरकार र एमालेबाट कुनै गलत काम नभएको दाबी गरे ।

    images

    images
    images

    प्रकाशित :जेठ १०, २०८२ शुक्रवार - १८:४३:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij