• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

images

प्रभाव न्यूज

१० जेठ २०८२
  • 8.9K
    SHARES
  • images
    गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
    images
    images
    images

    काठमाडौं – गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । 

    images

    अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट लगेका हुन् । रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । 

    गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ । 

    भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

    images

    images
    images

    प्रकाशित :जेठ १०, २०८२ शुक्रवार - १८:४०:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij