• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पोखरामा भएको भ्रष्टाचारको रकमले भैरहवा विमानस्थल बन्थ्यो : राजेन्द्र लिङदेन

पोखरामा भएको भ्रष्टाचारको रकमले भैरहवा विमानस्थल बन्थ्यो : राजेन्द्र लिङदेन

images

प्रभाव न्यूज

८ जेठ २०८२
  • 7.8K
    SHARES
  • images
    पोखरामा भएको भ्रष्टाचारको रकमले भैरहवा विमानस्थल बन्थ्यो : राजेन्द्र लिङदेन
    images
    images
    images

    काठमाडौं –पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागत वृद्धिबारे सार्वजनिक लेखा समितिको प्रतिवेदनमाथि भइरहेको संसदीय छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लागत वृद्धि अस्वभाविक रहेको र त्यही खर्चमा अर्को विमानस्थल बनाउन सकिने बताएका छन् । “पोखराको लागत वृद्धि हेर्ने हो भने त्यहाँ भएको भ्रष्टाचारको रकमले भैरहवा विमानस्थल बन्न सक्थ्यो,” उनले भने ।

    images

    लिङदेनले प्रतिवेदन तयार पार्दा कुनै पूर्वाग्रह नराखिएको र अध्ययनको क्रममा सबै कागजात संकलन गरेर त्यसकै आधारमा निष्कर्ष निकालिएको दाबी गरे । “हामीले अध्ययन गर्दा सबै कागजात मागेका थियौँ, अनि कागजपत्रको आधारमा प्रतिवेदन तयार पारेका हौँ,” उनले स्पष्ट पारे ।

    उनले केहीले प्रतिवेदनमा त्रुटिपूर्ण भएको भनेपछि आपत्ति जनाएका थिए । “यसबारे हामीले तथ्यकै आधारमा काम गरेका हौँ । यो भावनात्मक वा राजनीतिक प्रतिवेदन होइन,” लिङदेनको निष्कर्ष थियो ।

    यसमा संलग्न सबैको नाम किटान नभए पनि उन्मुक्ति नपाउने बताए । "भष्टाचार राजेन्द्र लिङ्देनको प्रतिवेदनले मात्र होइन महालेखाको प्रतिवेदनले पनि भनेको छ," उनले भने ।

    images

    images
    images

    प्रकाशित :जेठ ८, २०८२ बुधवार - १८:४०:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij