अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ ।
विगत तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज तोलामा पाँच हजार रुपैयाँले वृद्धि भएको छ । चाँदी पनि तोलामा ५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९९० मा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३२१ डलरमा कारोबार भइरहेको छ ।