• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कार्यकर्तालाई प्रचण्डको आग्रह- राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्नू

कार्यकर्तालाई प्रचण्डको आग्रह- राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्नू

images

प्रभाव न्यूज

२९ बैशाख २०८२
  • 9.9K
    SHARES
  • images
    कार्यकर्तालाई प्रचण्डको आग्रह- राजावादीको आन्दोलन निस्तेज पार्नेगरी लाग्नू
    File Photo
    images
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पाटीं पंक्तिलाई आग्रह गरेका छन् ।

    images

    सोमबार वाईसीएल नेपाल, कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।‘

    अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु,’ प्रचण्डले भनेका छन्, ‘उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्नेछ ।

    उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्नेछ ।’साथै, उनले वर्तमान सरकार उल्टो दिशामा हिँडेका कारणले जनतामा निराशा देखा परेको र त्यो असन्तुष्टिको दुरुपयोग राजावादीले गरेको आरोप लगाए ।

    images

    ‘हामीले त्यो अभियान चलाउँदै गर्दा काठमाडौंमा यो सरकारका गतल क्रियाकलाप, उल्टो दिशा हिँडेको कारणले जनतामा निराशा देखा पर्‍यो,’ प्रचण्डले सम्बोधनका क्रममा भनेका छन्, ‘त्यो असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्ने कोशिस गरे । समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीको बेलुन फुट्यो । अझै पनि उनीहरू दुस्साहस गर्ने कुचेष्टा गर्दैछन् ।’

    images

    images
    images

    प्रकाशित :बैशाख २९, २०८२ सोमवार - १७:१९:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij