• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड

सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड

images

प्रभाव न्यूज

२८ बैशाख २०८२
  • 3.7K
    SHARES
  • images
    सरकार डरले रुझेको बिरालो भएको छ : प्रचण्ड
    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस र एमालेको वैशाखी टेकेर सरकारमा नजाने बताएका छन् ।

    images

    पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी सरकार ढाल्ने खेलमा समेत नलाग्ने बताए । उनले भने हामी बुर्जुवाहरूको वैशाखी टेकेर सरकारमा जाँदैनौ ।

    हामी आफ्नै बल बुतामा उत्पीडितहरूको साथ लिएर ६४ मा जस्तै सरकारको नेतृत्व लिन्छौ । उनले सरकारबाट माओवादी हटेपछि जनताले माओवादीलाई साथ दिएको दाबी गरे ।

    उनले माओवादीको लहर आएको स्ववियू निर्वाचनबाटै देखिएको र ८४ सम्म पुग्दा माओवादी पहिलो पाटी हुने दाबी गरे ।

    images

    उनले वर्तमान सरकार बिचौलियाहरुले बनाई दिएकोआरोप लगाए ।अध्यक्ष प्रचण्डले भने यो सरकार ढल्यो भने आफ्नै कु कर्मका कारण ढल्छ अरू कसैले ढाल्न पर्दैन ।

    images

    उनले यो सरकारले नराम्रो भन्दा अरू कुनै काम नगरेको दाबी गरे । उनले सभालाई सम्बोधन गर्दै भने ,यो सरकारले नराम्रो जति सबै काम गर्‍यो राम्रो भन्ने एउटा पनि गरेन ।अध्यक्ष प्रचण्डले यो सरकार को रुझेको बिरालोको हालत भएको बताए ।

    images
    images

    प्रकाशित :बैशाख २८, २०८२ आइतवार - ०९:०९:५२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij