• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बूमाथि कुटपिट

मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बूमाथि कुटपिट

images

प्रभाव न्यूज

९ बैशाख २०८२
  • 15.0K
    SHARES
  • images
    मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बूमाथि कुटपिट
    images
    images
    images

    विराटनगर - धरानका मेयर हर्क साम्पाङ्गका समर्थकले धरानका स्थानीय माओवादी नेता सन्तोष लिम्बूमाथि कुटपिट गरेका छन् ।

    images

    बाटो निर्माणको विषयमा भएको विवाद मिलाउन सोमबार पुगेका साम्पाङ्गले समर्थकलाई उकासेपछि लिम्बूमाथि कुटपिट भएको हो ।

    बाटोसम्बन्धी विवाद छलफल मिलाउनुको साटो साम्पाङ्गले मुख छाड्दै गाली गरेको र आफूमाथि कुटपिटसमेत भएको भएको लिम्बूले बताए । सन्तोष टोल विकास संस्थाका अध्यक्षसमेत हुन् । धरान-११ मा नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो। तर, स्थानीयबी विवाद भएपछि हिजो छलफल राखिएको थियो ।

    मेयर साम्पाङ्गले लिम्बूलाई वडा सदस्यजत्तिको पनि हैसियत नभएको भन्दै छलफल गर्न जरुरी नभएको बताएको त्यहाँ रहेकाले बताए ।

    images

    हैसियत नभएको भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङगबीच विवाद भयो ।

    images

    ‘मेयर नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि अरु उक्सिएर ममाथि हमला भयो’, लिम्बूले भने । तस्बिर स्रोत : कोशी आवाज टीभी ।

    images
    images

    प्रकाशित :बैशाख ९, २०८२ मंगलवार - २१:२७:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij