• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भीम रावलको अभियानमा लागेपछि सुदूरपश्चिमका नेता कुँवर एमालेबाट निष्कासित

भीम रावलको अभियानमा लागेपछि सुदूरपश्चिमका नेता कुँवर एमालेबाट निष्कासित

images

प्रभाव न्यूज

८ बैशाख २०८२
  • 10.9K
    SHARES
  • images
    भीम रावलको अभियानमा लागेपछि सुदूरपश्चिमका नेता कुँवर एमालेबाट निष्कासित
    images
    images
    images

    कैलाली - नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले बालगिरी कुँवरलाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ। अछाम साफेवगर–४, बस्ने कुवर नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य थिए।

    images

    उनीसहितका केही नेताहरूले एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिने बताएका थिए। एमालेको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै कुवरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको एमाले प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘उक्त पदमा रही विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरि पार्टीको विरुद्धमा लागी भ्रम पूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ ।’

    images
    images

    प्रकाशित :बैशाख ८, २०८२ सोमवार - १४:१६:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij