• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


परराष्ट्रमन्त्री आरजु थाइल्यान्ड जाने

परराष्ट्रमन्त्री आरजु थाइल्यान्ड जाने

images

प्रभाव न्यूज

६ बैशाख २०८२
  • 6.3K
    SHARES
  • images
    परराष्ट्रमन्त्री आरजु थाइल्यान्ड जाने
    images
    images
    images

    काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार (वैशाख ७) थाइल्यान्डको बैंकक जाने भएकी छन् ।

    images

    यही अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना गरिने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (यूएनस्केप)को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।

    नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ ।

    उक्त सत्रमा उनले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यो सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका निम्ति क्षेत्रीय सहयोग छ ।

    images

    त्यहाँ उनको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । मन्त्री राणासहितको प्रतिनिधिमण्डल यही अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ ।

    images

    images
    images

    प्रकाशित :बैशाख ६, २०८२ शनिवार - २२:४५:३१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij