• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


व्यवस्था जोगाउन तीन शीर्ष नेता एकैठाउँ, राजावादीको आन्दोलन गैरराजनीतिक र आपराधिक भएको निष्कर्ष

व्यवस्था जोगाउन तीन शीर्ष नेता एकैठाउँ, राजावादीको आन्दोलन गैरराजनीतिक र आपराधिक भएको निष्कर्ष

images

प्रभाव न्यूज

६ बैशाख २०८२
  • 7.6K
    SHARES
  • images
    व्यवस्था जोगाउन तीन शीर्ष नेता एकैठाउँ, राजावादीको आन्दोलन गैरराजनीतिक र आपराधिक भएको निष्कर्ष
    images
    images
    images

    प्रमुख तीन ठूला दलहरूका शीर्ष नेताको बैठक सकिएको छ ।

    images

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले राजा ल्याउने नाममा भइरहेको आन्दोलनलाई गैरराजनीतिक, हिंस्रक र आपराधिक गतिविधिको संज्ञा दिएको छ।

    स्रोतका अनुसार बैठकले अहिले प्राप्त संघीय गणतन्त्रसहितको व्यवस्था जोगाउन तीनै नेता एकै ठाउँ उभिने निष्कर्ष पनि निकालेको छ ।

    ‘संघीय गणतन्त्र जोगाउन एक ठाउँमा उभिने सहमति तीन नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘पूर्वराजावादीको आन्दोलन हिंस्रक, गैरराजनीतिक र आपराधिक रहेको ठहर पनि गरेको छ ।’

    images

    यस बैठकले व्यवस्थाविरोधी कुनै पनि गतिविधिविरूद्ध एकजुट भएर उभिने पनि निष्कर्ष पनि निकालेको छ । यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए ।

    images

    त्यसैगरी गृहमन्त्री रमेश लेखक र एमाले नेता अग्नि खरेल पनि बैठकमा सहभागी थिए । छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनोहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्रध पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ ।

    छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

    images
    images

    प्रकाशित :बैशाख ६, २०८२ शनिवार - २२:३७:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij