• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


देशमा भ्रष्टाचार भइरहेको आशंका लागेको छः प्रधानमन्त्री ओली

देशमा भ्रष्टाचार भइरहेको आशंका लागेको छः प्रधानमन्त्री ओली

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 11.2K
    SHARES
  • images
    देशमा भ्रष्टाचार भइरहेको आशंका लागेको छः प्रधानमन्त्री ओली
    images
    images
    images

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन्।

    images

    नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र बिकास तथा समृद्धि चाहिएको भन्दै यस बिषयमा कुनै सम्झौता नहुने बताएका हुन्।

    उनले आफू भ्रष्टाचारको विरोधी रहेपनि भ्रष्टाचार भइरहेको आफूलाई आशंका लागेको बताए। देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकुल वातावरण बनेको र स्थायित्व र स्थिरतातर्फ मुलुक अघि बढेको उनले बताए।

    उनले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो शिलशिला कायम रहने भएकाले ढूक्क भएर लगानी गर्न आग्रह गरे।

    images

    प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे।

    images

    प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवि, शिक्षक, प्राध्यापक लगायत सबैको साथमा रहेको र सबैको भलाईका लागि काम गर्न चाहेको बताए।

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - २२:४७:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij