• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


उपेन्द्र यादव भन्छन् - इतिहासमा सबभन्दा धेरै भ्रष्टाचार र लुट अहिले भइरहेको छ, सरकार असफल भयो

उपेन्द्र यादव भन्छन् - इतिहासमा सबभन्दा धेरै भ्रष्टाचार र लुट अहिले भइरहेको छ, सरकार असफल भयो

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 11.6K
    SHARES
  • images
    उपेन्द्र यादव भन्छन् - इतिहासमा सबभन्दा धेरै भ्रष्टाचार र लुट अहिले भइरहेको छ, सरकार असफल भयो
    images
    images
    images

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको दाबी गरेका छन् ।

    images

    उनले अहिले इतिहासमै नभएको लुट र भ्रष्टाचार भैरहेको पनि आरोप लगाएका छन् । पार्टीको रौतहट जिल्लाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले सरकार गठनको लागि कांग्रेस र एमालेले गरेको सहमति नै पालना नभएको आरोप लगाए । कांग्रेस र एमालेले सरकार बनाउने बेलामा संविधान संशोधन गर्ने भनेको भएपनि त्यसबारेमा कुनै प्रगति नभएको यादवको भनाई छ ।

    यादवले भने-“आज मुलुकमा सुशासनको नाममा कुशासन चलिरहेको छ । देशमा सुशासनको नाम निशाना नै छैन । भ्रष्टाचार नियन्त्रणको कुरा छोड्यौ । आज भ्रष्टाचारतन्त्र, लुटतन्त्र, कमिसनतन्त्र देशको यो अवस्था नेपालको इतिहासमै मैले कहिल्यै देखेको थिइनँ ।” file photo

    images

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - २२:४१:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij