• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


म नेपालमै छु, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईँ

म नेपालमै छु, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईँ

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 13.3K
    SHARES
  • images
    म नेपालमै छु, मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईँ
    images
    images
    images

    गत चैत १५ गतेको राजावादी समूहको हिंसात्मक प्रदर्शनपछि फरार भएका दुर्गा प्रसाईँले मानवअधिकारवादीहरुको रोहबरमा सार्वजनिक हुन तयार रहेको बताएका छन् ।

    images

    उनले भर्खरै एक भिडिओ सन्देश सार्वजनिक गर्दै आफू नभागेको तर जोगिएर बसेको बताएका छन् । पेरूमा नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलन नै समाप्त पारिएको स्मरण गराउँदै उनले त्यसकारण आफू जोगिएर बसिरहेको बताएका छन् ।

    ‘मेरा वकिलहरु ध्रुबलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशिल पन्त, रमण श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, डा.भीमार्जुन आचार्य र मानवअधिकारवादीको रोहबरमा हो भने म २४ घण्टाभित्र उपस्थित हुन तयार छु,’– उनले भनेका छन् ।

    साथै, तीनकुनेको हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु भएको दुई जनाको परिवारलाई पाँच/पाँच लाख आर्थिक सहयोग गर्ने पनि उनले बताएका छन् ।

    images

    आफ्नो जीवनको ग्यारेन्टी गर्ने हो भने आफू उपस्थित हुन तयार रहेको उनले बताएका छन् ।

    images

    सो दिन आमसभामा आफू स्टेजमा पुग्न नपाउँदै प्रहरी प्रशासनले आन्दोलन भड्काएर उग्र बनाएको उनको आरोप छ ।

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - २२:३४:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij