• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने

पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने

images

प्रभाव न्यूज

२६ चैत्र २०८१
  • 13.4K
    SHARES
  • images
    पक्राउ परेका नेतालाई नछोडिए राजावादीले सामूहिक गिरफ्तारी दिने
    images
    images
    images

    काठमाडौं- राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले सामूहिक गिरफ्तारी दिने निर्णय गरेको छ।

    images

    आन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेता रिहा नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् ।

    बुधबार काठमाडौंमा आयोजित प्रतिबद्धता सभामा बोल्दै गुरुङले तीनकुने घटनामा पक्राउ परेकालाई वैशाख २१ गतेसम्म रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरे। सामूहिक गिरफ्तारीको अगुवाई आफूले गर्ने उनले बताए ।

    गुरुङले अब आफूहरूको आन्दोलन भ्रद्र अवज्ञा हुने उल्लेख गरे । अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै आफूहरू योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

    images

    त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजित सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए ।

    images

    राजावादीहरूलाई कमजोर बनाएर बदनाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए ।

    उनले संघीय धर्मनिरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए ।

    images
    images

    प्रकाशित :चैत्र २६, २०८१ बुधवार - १५:५८:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij