• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कमजोर राज्य संयन्त्रः राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईँ अझै फरार

कमजोर राज्य संयन्त्रः राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईँ अझै फरार

images

प्रभाव न्यूज

१५ चैत्र २०८१
  • 7.8K
    SHARES
  • images
    कमजोर राज्य संयन्त्रः राजावादी समूहका ‘जनकमाण्डर’ दुर्गा प्रसाईँ अझै फरार
    images
    images
    images

    काठमाडौं -तीनकुनेको हिंसात्मक प्रदर्शनमा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले ‘जनकमाण्डर’ बनाएर फिल्डमा पठाएको दुर्गा प्रसाईँलाई नेपाल प्रहरीले अझ भेटाउन सकेको छैन ।

    images

    हिजोदेखि प्रहरीले खोजी गरिराखेको भएपछि प्रसाईँ अझै पक्राउ परेका छैनन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका प्रवक्ता रहेका अधिवक्ता भद्रप्रसाद नेपाल उर्फ स्वागत नेपाल भने पक्राउ परिसकेका छन् ।

    पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेरसहित एक सय १० जना पुगेका छन् । निषेधित क्षेत्रमा तोडेर आफैंले चलाएको गाडीमा हुइँकिएका प्रसाईँ कहाँ छन् भन्ने प्रहरीले सुइँकोसमेत पाउन सकेको छैन ।

    उक्त हिंसात्मक आन्दोलनका क्रममाएक जना प्रदर्शनकारी र एक जना पत्रकारको मृत्यु भएको छ भने नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरी बलतर्फ २२ जना घाइते भएका छन् ।

    images

    त्यस्तै, प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । प्रदर्शनकारीहरुले विभिन्न ९ वटा निजी तथा सार्वजनिक कार्यालयहरुमा तोडफोड, १४ ठाउँमा आगजनी गरेका छन्।

    images

    उनीहरुले कोटेश्रमा रहेको भाटभटेनी सुपरमार्केटमा लुटपाटसमेत गरेका थिए । प्रसाईँ प्रहरीको सुरक्षा घेरा तोडेर भाग्न सफल हुनु र अहिलेसम्म पक्राउ नपर्नुले देशको सुरक्षा संयन्त्रमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ

    images
    images

    प्रकाशित :चैत्र १५, २०८१ शनिवार - १२:०८:०५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij