प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लुटेराको संज्ञा दिएका छन् । दाङको घोराहीमा आयोजित एमालेको जनसभालाई सम्बाेधन गर्दै ओलीले प्रचण्डलाई लुटेराको संज्ञा दिएका हुन् ।
‘देशका सबैभन्दा ठूला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिँडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुँदैन । म पनि प्रधानमन्त्री छु । मसँग त छैन ।’
उनले माओवादी नेतृत्वको सरकारले देशको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाए ।