• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


माओवादीले १२३ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्ने

माओवादीले १२३ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्ने

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 3.2K
    SHARES
  • images
    माओवादीले १२३ स्थानीय तहलाई नमुना पालिकाका रूपमा विकास गर्ने
    images
    images
    images

    प्रमुख प्रतिपक्ष दल नेकपा९माओवादी केन्द्र०ले आफूले जितेको स्थानीय तहलाई नमुनाको रूपमा विकास गर्ने गरी तयारी थालेको छ । भर्खर सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार माओवादीले फागुन १० गते काठमाडौँमा जनप्रतिनिधिहरूको राष्ट्रिय भेला बोलाएको हो ।

    images

    २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा माओवादीले पालिका प्रमुखरअध्यक्ष १२३ र उपप्रमुखरउपाध्यक्ष १३० स्थानमा जितेको थियो । स्थानीय सरकार जनताका सुख–दुःखसँग प्रत्यक्ष जोडिने हुँदा आफूले जितेको पालिकाका जनताका पिरमर्का बुझ्ने, गुनासा सुन्ने, सेवा सुविधा चुस्त दुरुस्त बनाउने र समग्रमा नमुना पालिका बनाउने उद्देश्य रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए । केन्द्रीय कार्यालयको व्यवस्थापनमा हुन लागिएको अभिमुखीकरण भेलामा प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षसहित सम्बन्धित पालिका अध्यक्षहरू सहभागी हुने उनले बताए ।

    ‘हामीले जितेका पालिका प्रमुखरउपप्रमुखहरूको भेला केन्द्रीय समिति बैठकको निर्णय अनुसार बोलाइएको हो । यसको व्यवस्थापन केन्द्रीय कार्यालयले गर्छ । जनतासँग प्रत्यक्ष सरोकारसँग जोडिएको सरकार भएकाले माओवादीले जितेका पालिकालाई नमुनाको रूपमा विकास गर्न, जनताका काम कारबाही प्रभावकारी बनाउने स्थानीय तहबाट नै समाजवादको प्रत्याभूति दिलाउने उद्देश्य रहेको छ । स्थानीय सरकारमा बसेर काम गर्दाका अप्ठ्यारा, जनताका गुनासा, अपेक्षा लगायत समस्या समाधानका उपाय खोज्ने गरी जनप्रतिनिधिलाई प्रशिक्षण दिइन्छ’, उनले भने ।

    यसै गरी माओवादीले नजितेका पालिकामा भएका बदमासी, भ्रष्टाचार, ढिलासुस्ती लगायत विषयमा प्रभावकारी उपस्थित हुने गरी तयारी गरिएको पोखरेलले बताए । यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादीले अघिल्लो पटक जितेको ८ स्थानमध्ये पाँच पद गुमाएर एक पालिका अध्यक्षसहित थप ८ पद जितेको थियो ।

    images

    माघ २७ गते माओवादीले जारी गरेको परिपत्रमा स्थानीय पालिकाका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला गरी स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम फागुन १० गते काठमाडौँमा आयोजना गरिने उल्लेख गरिएको थियो । भेलामा पालिकाका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरूको सहभागिता रहने परिपत्रमार्फत जानकारी गराइएको थियो । 

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - १७:४१:१४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij