• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रधानमन्त्रीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन भन्दा सांसदले ठोके टेबल

प्रधानमन्त्रीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन भन्दा सांसदले ठोके टेबल

images

प्रभाव न्यूज

४ फाल्गुण २०८१
  • 3.7K
    SHARES
  • images
    प्रधानमन्त्रीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन भन्दा सांसदले ठोके टेबल
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने बताएका छन् । आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा जवाफ दिने क्रममा यस्तो बताएका हुन् । 

    images

    कानुनले गरेको फैसला कहिलेकाहिँ कमजोरी पनि हुन सक्ने भन्दै ओलीले तर मृत्युदण्ड नै समस्याको समाधान नभएको पनि बताए । उनले यसो भन्दा सांसदहरुले टेबल समेत ठोकेका थिए । ‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो ।

    कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ । र, फैसला उपयुक्त नहुनपनि सक्छ’, ओलीले भने, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’

    त्यसकारण ज्यान लिने भन्दा पनि मानवतावाद कानुनसम्मत समाज शासन व्यवस्थामा जोड दिनुपर्नेमा जोड दिए । अरुको ज्यान लिने काम सही हो भन्न नसकिने समेत उनले बताए ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण ४, २०८१ आइतवार - १७:१९:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij