नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश आफूहरुले थन्काइदिएको दाबी गरेका छन् । पार्टीको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै विपक्षीहरुसँग छलफल गरेरै नै सरकारले ल्याएको अध्यादेश रोकेको सुनाए ।
उनले भने, ‘हामीले राष्ट्रियसभा र प्रतिनिधिसभामा हामीले महत्वपूर्ण भूमिका खेलेका छौं । अहिले केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ, झुन्डिएको छ । यो कसको कारणले हो रु हाम्रो कारणले हो । यो हेक्का होस्, सबैलाई हामीले पहल गर्यौं सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल गर्यौं । दुवैले सल्लाह गर्यौं । प्रचण्डजीले तपाईंले यसमा भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ ।’