• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सत्तारुढ दल बैठक : अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय

सत्तारुढ दल बैठक : अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 3.2K
    SHARES
  • images
    सत्तारुढ दल बैठक : अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय
    images
    images
    images

    सत्तारुढ दलहरूले सरकारले जारी गरेको अध्यादेशलाई संसद्मा अघि बढाउने निर्णय गरेका छन् । 

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सबै दलसँग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।
    संघीय संसद्मा रहेका सबै दलसँग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले अध्यादेशलाइ पारित गर्नका लागि बहुमत पुग्ने दाबी गरे । 

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने सहमति भएको लेखकले बताए । 

    उनले भूमिसम्बन्धी अध्यादेशलगायत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिस्थापन विधेयकमार्फत समाधान गरिने जानकारी दिए । संविधान संशोधनका लागि कांग्रेस–एमालेले कार्यदल बनाएर चरणबद्ध रूपमा काम गर्ने उनले उल्लेख गरे । 

    images

    बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए ।  

    images

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - १६:५१:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij