• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


जनयुद्धविरुद्ध विष ओकल्दै पूर्वमाओवादीहरु, बादलपछि बाबुरामले भने ‘हिंसा नै हो’

जनयुद्धविरुद्ध विष ओकल्दै पूर्वमाओवादीहरु, बादलपछि बाबुरामले भने ‘हिंसा नै हो’

images

प्रभाव न्यूज

३ फाल्गुण २०८१
  • 2.8K
    SHARES
  • images
    जनयुद्धविरुद्ध विष ओकल्दै पूर्वमाओवादीहरु, बादलपछि बाबुरामले भने ‘हिंसा नै हो’
    images
    images
    images

    नेपाली राजनीति वृत्तमा यतिबेला तत्कालीन माओवादीले २०५२ सालमा सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) हिंसा थियो कि क्रान्ति भन्ने विषयमा निकै ठूलो बहस चलिरहेको छ । नेकपा (एमाले) को मुख्य नेतृत्वदेखि नेताहरुलेसमेत जनयुद्धलाई हिंसाको संज्ञा दिएर अपराध करार गर्न तस्सिरहेका छन्। माओवादीले भने जनयुद्ध एउटा युगान्तकारी परिवर्तनको संवाहक रहेको दाबी गर्दै महिमा मण्डन गरिरहेको छ । एमाले अध्यक्ष (हालका प्रधानमन्त्री) केपी शर्मा ओलीदेखि सांसद योगेश भट्टराईले पटक–पटक माओवादी सशस्त्र संघर्ष हिंसा नै रहेको अभिव्यक्ति दिँदै आएका छन् ।

    images


    त्यस्तै, शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरीजाप्रसाद कोइरलाको पार्टी नेपाली कांग्रेसका छिटफुट नेताहरुले समेत माओवादी सशस्त्र संद्दर्षलाई हिंसाको संज्ञा दिने गरेका छन् । यद्यपि एमालेको तुलनामा कांग्रेसभित्र माओवादीको कम आलोचना हुनेगरेको छ । यो त फरक पार्टीको कुरा, अर्को पार्टीको कुनै न कुनै आलोचना गरिनु स्वभाविक पनि मानिन्छ । तर, पछिल्लो समय भने माओवादी सशस्त्र संघर्षका क्रममा प्रचण्डजत्तिकै जिम्मेवार भूमिका निर्वाह गरेका नेताहरुले समेत यसलाई हिंसाको संज्ञा दिन थालेका छन् ।

    सशस्त्र संघर्ष (जनयुद्ध) का कमाण्डर एवं ठूला–ठूला यद्धको मोर्चा सम्हालेका रामबहादुर थापा ‘बादल’ हाल माओवादीमा छैनन् । उनी अहिले एमालेको उपाध्यक्षको भूमिकामा छन् । उनले सशस्त्र संघर्ष (जनयुद्ध) हिंसा नै रहेको दाबी गरिसकेका छन् । ‘जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो । त्यहाँ मर्ने र मार्ने हुन्छ । अहिले हाम्रो अध्यक्ष (केपी ओली) को भनाइमा मेरो कुनै आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’– अछाम पुगेर बादलले भनेका थिए ।

    नेता बादलले माओवादीले जनयुद्ध दिवस मनाउनको कुनै औचित्य नरहेको पनि बताएका थिए । जनयुद्ध दिवस दुनियाँमा कहीँकतै पनि नमनाइने बताउँदै उनले जनयुद्ध दिवस मनाउने माओवादीको डिसिजन गलत रहेको सुनाएका थिए । ‘माओवादीले जनयुद्ध दिवस मनाउने भनेर निर्णय गर्यो, उनीहरुको सरकार हुँदा । हुन त पछि अदालतले त्यसलाई खारेज गर्दिएछ । जनयुघद्ध दिवस मनाउने होईन, कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीहरुको एक ढंगको स्टन्टबाजी हो । गणतन्त्र दिवस मनाउने हो,’– उनले भनेका थिए ।

    images

    त्यस्तै, माओवादी सशस्त्र संघर्षका अर्का शुत्रधार मानिन्छन् डा। बाबुराम भट्टराई । उनी अहिले माओवादीमा छैनन् । उनी नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष हुन् । २०७२ सालमा नेपालको संविधान बनेसँगै उनले औपचारिक रुपमा माओवादी छाडेको घोषणा गरेका थिए । जनयुद्धबारे भट्टराईको मत पनि बादलसँग मिल्दोजुल्दो छ । बिहीबार पार्टीको महाधिवेशनको नतीजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तत्कालीन सशस्त्र संघर्षको बारेमा विष बमन गर्न भ्याए । ‘आज फागुन १ गते । २०५२ साल फागुन १ गते नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्रात्मक राज्य व्यवस्था ल्याउनको निम्ति जुन विद्रोह सुरु गरिएको थियो, जसलाई जनयुद्ध भनिएको थियो । त्यसैको जगमा संयुक्त जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलनसम्म जोडेर हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्यौं । २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि त्यसपछि अर्को नयाँ युग सुरु भयो भन्ने हाम्रो भनाइ हो,’– उनले भने ।

    images

    नेता भट्टराईले अब जनयुद्धको औचित्य सकिएको बताए । उनले कुनै एउटा पार्टीले जनयुद्ध दिवस मनाउन पनि आवश्यक नरहेको बताए । देशमा १९९७ सालदेखि हालसम्म भएका सबै प्रकारका आन्दोलनलाई समेट्नेगरी राज्यले नै क्रान्ति दिवस तोकेर मनाउन उपयुक्त हुने उनको सुझाव छ । ‘अब जनयुद्ध होईन, जनयुद्धले त आफ्नो काम पुरा गरिसक्यो । त्यसैले सबैलाई मान्य हुनेगरी जनक्रान्ति दिवस मनाउन उपयुक्त हुन्छ भन्ने हो । १९९७ साल, २००७ साल, झापा आन्दोलन, २०४६ साललगायतका मधेश आन्दोलन, थरुहट आन्दोलन तिनीहरुको क्रान्तिको बिम्ब भएको दिन हामीलाई चाहिन्छ । सबैलाई क्रान्ति दिवस नेपालमा तोक्न आवश्यक हुन्छ । यो कुनै पार्टी विशेषको नभएर राज्यले नै जनक्रान्ति दिवसको रुपमा यसलाई मानओस्,’– अध्यक्ष भट्टराईले भने ।

    उनले जनयुद्धलाई हिंसात्मक क्रान्तिको संज्ञा दिए । अब हिंसात्मक क्रान्ति नभएर विशाल जनअभियान सञ्चालन गर्न आवश्यक रहेको र त्यसको नेतृत्व गर्न आफू अग्रसर रहेको पनि उनले सुनाए । ‘अब हिंसात्मक क्रान्ति होईन, हिंसात्मक विद्रोह होईन । अब विशाल जनअभियान सञ्चाल गरेर, अहिलेको विज्ञान प्रविधि, इन्टरनेटदेखि एआईसम्मको पहुँच छ, सोसल मिडियाको पहुँच छ । यसको बलमा जनताको घर–घरमा हाम्रा नाराहरु पुर्याएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि एकीकृत ढंगले विशाल जनदवाब सिर्जना गरेर अगाडि जान सक्ने अवस्था विश्वमा पैदा भएको छ,’– उनले भने, ‘अबको फागनु १ गतेले जनयुद्ध र जनक्रान्ति होईन, अभियान, विशाल जनअभियान, शान्तिपूर्ण जनअभियान, शान्तिपूर्ण जनदवाब सिर्जना गरेर जनताको तत्कालीन मागहरु पूरा गर्दै सम्मुन्नत समाजवादतिर जाने बाटो तय गर्नुपर्छ ।’

    यी त प्रतिनिधि घटनामात्रै हुन् । सशस्त्र संघर्ष हिंसा कि के थियो भन्नेबारेमा संसदमा समेत लामो(लामो बहस चल्ने गरेको छ । राज्यकै तथ्याङ्कलाई मान्ने हो भने तत्कालीन सशस्त्र संघर्ष ९जनयुद्ध० को क्रममा नेपाल आमाका १७ हजार छोराछारीहरुले प्राण आहुती दिए । पवित्र भावनासहित सशस्त्र संघर्षमा समाहित भएका कयौं घाइतेहरुको आजको अवस्था दर्दनाक छ । बेपत्ता योद्दाहरुका परिवार, जहान छोराछोरी आफ्नो मान्छे पर्खिएर बसेका छन् । उनीहले सास वा लासको अनुनय गर्दासमेत राज्यले उत्तर दिन सकिरहेको छैन । यो नेपाली समाजको अहिलेको तीतो यथार्थता हो । यति भनिरहँदा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संविधान, संघीयता, समानुपातिक समावेशी व्यवस्थालगायतका यसका उपलब्धीहरुलाई कम आँक्न भने मिल्दैन ।

    डा।भट्टराई शान्ति प्रक्रियामा आएपछि मन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न भ्याए । त्यस्तै बादलले पनि विभिन्न लाभको पद धारण गर्दै गृहमन्त्रीसम्म बने । भट्टराई र बादल दुवैले सत्ताको चास्नी चाटिसकेका छन् । सशस्त्र संघर्ष (जनयुद्ध) कै जगमा उनीहरुले सत्ताको चास्नी चाटेको कुरालाई चटक्कै विर्सिएर आफैं संलग्न रहेको इतिहासलाई अपराधीकरण गर्नु भूल हुन्छ की ?

    images
    images

    प्रकाशित :फाल्गुण ३, २०८१ शनिवार - ०९:०१:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij