• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


निजामती सेवाको खुलातर्फ भित्रबाट हुने प्रतिस्पर्धा हटाऔं –गगन

निजामती सेवाको खुलातर्फ भित्रबाट हुने प्रतिस्पर्धा हटाऔं –गगन

images

प्रभाव न्यूज

२ फाल्गुण २०८१
  • 3.1K
    SHARES
  • images
    निजामती सेवाको खुलातर्फ भित्रबाट हुने प्रतिस्पर्धा हटाऔं –गगन
    images
    images
    images


    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
    शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन् ।
    ‘निजामती सेवामा बाहिरबाट अनुभव बोकेका मान्छेहरू पनि आओस् जसले गर्दा निजामती सेवामा तल भर्‍याङ चढ्दै गरेकालाई पनि तहगत बढुवा पनि गछौँ, प्रतिस्पर्धाका लागि पनि खुला राख्छौँ र खुला प्रतियोगिता पनि गर्छौँ,’ महामन्त्री थापाले भने ।

    images

    महामन्त्री थापाले निजामती सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत, अन्तरतहबाट २० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत र बढुवाद्वारा ५० प्रतिशत प्रस्ताव गरे ।

    ‘खुला प्रतियोगिताका लागि १०, अन्तरतहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रस्ताव गरेको छु । खुला प्रतियोगितामा सेवा भित्रबाट प्रतिस्पर्धा गर्न नपाउने,’ महामन्त्री थापाले भने, ‘त्यसमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत निजामतीभन्दा बाहिरको गैरनिजामती सेवा, निजी क्षेत्र, गैरसरकारी सेवा रहेका मान्छेहरु चाहीँ आउन पाउने । यसमा डाइभरसिटी आओस् भनेर यसो गरिएको हो यसमा लिमिट नगरौँ भनेर प्रश्ताव गरेको छु ।’

    खुला प्रतियोगिताको १० प्रतिशतमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत गैरनिजामती सेवा, गैरसरकारी सेवामा रहेकाहरुका लागि उनको प्रस्ताव छ ।

    images

    ‘यसो गर्दा के हुन्छ त भन्दा उपदफा ४ पछिको दफा थपेर मिलाउनुपर्ने हुन्छ । निजामती सेवाको कुरा गर्दा त्यसको पवित्रताको कुरा पनि छ, त्यसभित्रको केही जिम्मेवारीका कुराहरू पनि छन्,’ उनले भने ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण २, २०८१ शुक्रवार - १९:४८:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij