• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


माओवादी नेतृत्वमा मात्र विकास सम्भव छ :श्रेष्ठ

माओवादी नेतृत्वमा मात्र विकास सम्भव छ :श्रेष्ठ

images

प्रभाव न्यूज

२ फाल्गुण २०८१
  • 2.7K
    SHARES
  • images
    माओवादी नेतृत्वमा मात्र विकास सम्भव छ :श्रेष्ठ
    images
    images
    images

    चितवन - नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको नेतृत्वमा मुलकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन्।

    images

    प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको पत्रकाराभेटघाटमा श्रेष्ठले मुलुकको विकासका लागि सरकारको नेतृत्व माओवादीको हातमा आउनुपर्ने बताएका हुन्।

    मुलुकमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन ल्याउन माओवादीले मात्रै सक्ने उनको भनाइ थियो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले आगामी निर्वाचनबाट माओवादी पुनः सरकारमा फर्कन विश्वास व्यक्त गरे।

    उनले माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एकता बद्ध रहेको पनि बताए । पार्टीभित्र विभिन्न समूहहरू हुन सक्ने भए पनि प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढंगले अघि बढाउन सकिने उनको भनाइ थियो।
    उनले पार्टीका समस्या रुपान्तरण अभियानले समाधान गर्ने विश्वास पनि व्यक्त गरे।

    images

    images
    images

    प्रकाशित :फाल्गुण २, २०८१ शुक्रवार - १६:१९:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij