• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रूकुम पश्चिम पुगेर प्रचण्डविरुद्ध खनिए जनार्दनः प्रधानमन्त्री रहेको बेला जनता झुक्याएको आरोप

रूकुम पश्चिम पुगेर प्रचण्डविरुद्ध खनिए जनार्दनः प्रधानमन्त्री रहेको बेला जनता झुक्याएको आरोप

images

प्रभाव न्यूज

२ फाल्गुण २०८१
  • 4.8K
    SHARES
  • images
    रूकुम पश्चिम पुगेर प्रचण्डविरुद्ध खनिए जनार्दनः प्रधानमन्त्री रहेको बेला जनता झुक्याएको आरोप
    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा कर्णालीका भूकम्प पीडितहरुलाई झुक्याइएको टिप्पणी गरेका छन् । आज ९बिहीबार० जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको पालामा भूकम्प पीडितहरुको आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग दिने भनिएपनि त्यो मौखिकमात्रै भएको बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकारले त्यो निर्णय गरेको कुनैपनि कागजातहरु फेला नपरेको उनको भनाइ छ ।

    images

    केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अहिले ४ लाख रुपैयाँ दिने भनि निर्णय गरेको पनि उनले सुनाए । उनले भने, ‘हुन त अघिल्लो सरकारले हामीलाई ५ लाखको घोषणा गरेको थियो घर बनाउने । ५ लाखले एउटा छाप्रो बनाउँला भन्ने आशा थियो । तर, त्यो हामीले डकुमेन्ट खोजेर कहीँ पनि भेटेनौं । मौखिक रुपमा रहेछ, त्यो लिखित कुरा भेटिएन । अहिलेको सरकारले चार लाख भनेर निर्णय गर्दिएको छ । एक लाख त हाम्रो घट्यो । त्यसमा पनि हामीले प्रश्न त उठाएका छौं । यसबाट हामीले एउटा छाप्रो बनाएर पुनर्निर्माणको प्रक्रियालाई अगाडि बढाउनुपर्ने छ । अब त्यसको तयारीमा यहाँहरु लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’

    अघिल्लो सरकारमा कर्णालीबाटै निर्वाचित मन्त्री ९शक्तिबहादुर बस्नेत० पनि सहभागी रहेपनि भूकम्प पीडितहरुको पक्षमा कुनै काम हुन नसकेको उनले टिप्पणी गरे । अहिलेको सरकारले कमसेकम कार्यविधि टुङ्ग्याएको भन्दै उनले अब पूनर्निर्माणको काम अगाडि बढ्ने विश्वास दिलाए । ‘हारगुहार नगरेको होईन, अघिल्लो सरकारमा हाम्रो वरिपरीका मन्त्री हुनुहुन्थ्यो । मन्त्रीहरुलाई छिटो तयार गर्दिन भनियो । अहिले पनि मन्त्रीज्यूहरुलाई भनेको छ । अहिले कमसेकम कार्यविधि टुङ्गिएको छ,’– उनले भने ।

    उपमहासचिव शर्माले पार्टीले दलित, महिला, जनजाति, पहिचान र संस्कृतिका मुद्दा छाडेकाले आफैंभित्र रुपान्तरण हुनुपर्छ भन्ने मुद्दा पार्टीभित्र आफूले उठाएका पनि उनले बताए । आफूले उठाएको मुद्दामा ५ महिनासम्म पार्टीभित्र बहस चलेर केही समय अघिको केन्द्रीय समितिको बैठकले स्वीकार गरेको उनले बताए ।

    images

    पार्टी अध्यक्ष प्रचण्डतर्फ लक्षित गर्दै उनले दुई चार जना आशेपासे र अन्धभक्तहरु बोकेर समाजवादको यात्रा तय गर्न नसकिने बताए । समाजवादको यात्रा तय गर्न माओवादी घटकहरुबीचको एकता अपरिहार्य रहेको उनले बताए । आफूले व्यक्तिगत रुपमा समेत नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई एकताको लागि आग्रह गरेको पनि उनले बताए । ‘माओवादी भन्ने, माओवादीमात्रै भएर हुँदैन । अरुलाई पनि लिएर व्यापक जनताको तागतमा समाजवादमा जान सकिन्छ । समाजवादमा जाने एक्लैदुक्लै हुँदैन । दुई चार जना आशेपासे र अन्धभक्तहरु बोकेर समाजवाद हुँदैन । समाजवादको लागि सबै विचारलाई फुल्न दिनुपर्छ,’– उनले भने ।

    images

    images
    images

    प्रकाशित :फाल्गुण २, २०८१ शुक्रवार - ०८:२३:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij