• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आज फागुन महिनाको पहिलो दिन, यस्तो छ तपार्ईंको राशिफल

आज फागुन महिनाको पहिलो दिन, यस्तो छ तपार्ईंको राशिफल

images

प्रभाव न्यूज

१ फाल्गुण २०८१
  • 4.5K
    SHARES
  • images
    आज फागुन महिनाको पहिलो दिन, यस्तो छ तपार्ईंको राशिफल
    images
    images
    images

    आज २०८१ साल फागुन १ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी १३ तारिख।

    images

    मेष : सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ। टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ। तपाईंको घरमा पाहुँना आइपुग्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।


    वृष : दैनिक काममा अवरोध हुनेछ। मन अशान्त बन्नसक्ने जोखिम छ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ।

    मिथुन : व्यापारमा ठुलो लगानी नगर्नु उचित हुनेछ। बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

    images


    कर्कट : व्यापारमा तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन्। आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ। डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग छ।

    images

    सिंह : मनमा खुशी मिल्नेछ। उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

    कन्या : नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ। लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ। विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

    तुला : साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ। व्यापारमा लाभ हुने योग छ। दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ। शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ।

    वृश्चिक :कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ। सानो प्रयासले सोचेको काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ।

    धनु : श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ। आध्यात्मिक अभियान्तासँगको भेटले मनमा हौसला बढ्नेछ। दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ। व्यवहार गर्दा मिहिनेतको खाँचो देखिन्छ।

    मकर : आज साथीभाइसँग सहकार्य हुनेछ। आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ। स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ। धार्मिक कार्यमा मन जानेछ। भ्रमण गर्दै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ।

    कुम्भ : साहसिक काम गर्ने समय आएको छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ। मध्य साढेसाती दशा भए पनि शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्नेछ।

    मीन : आफन्त र सन्तानको प्रगति देखेर मन खुशी बन्नेछ। आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ। मिहिनेतको फल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    images
    images

    प्रकाशित :फाल्गुण १, २०८१ बिहिवार - ०७:५२:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij