• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बालश्रम शोषण प्रकरणः सरकारले मुद्दा नचलाउने निर्णय गरेको एमाले सांसद शर्मामाथि मानवअधिकार आयोगले थाल्यो छानविन

बालश्रम शोषण प्रकरणः सरकारले मुद्दा नचलाउने निर्णय गरेको एमाले सांसद शर्मामाथि मानवअधिकार आयोगले थाल्यो छानविन

images

प्रभाव न्यूज

३० माघ २०८१
  • 2.9K
    SHARES
  • images
    बालश्रम शोषण प्रकरणः सरकारले मुद्दा नचलाउने निर्णय गरेको एमाले सांसद शर्मामाथि मानवअधिकार आयोगले थाल्यो छानविन
    images
    images
    images

    नेकपा (एमाले) कि नेतृ एवं लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मामाथि मानव अधिकार आयोगले अनुसन्धान अगाडि बढाएको छ । सांसद शर्मामाथि बालिकालाई घरेलु कामदार बनाइ श्रमशोषण गरेको आरोप छ ।

    images

    ती बालिकालाई केही महिनाअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । महानगरले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरीसमेत दिएको थियो । महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि सो विषयलाई लिएर सरकारको आलोचनासमेत भएको थियो ।

    आज (बुधबार) आयोगले एक विज्ञप्ति जारी गर्दै स्वविवेकीय क्षेत्राधिकारको प्रयोग गरी छानविन तथा अनुसन्धान थालेको जानकारी गराएको हो ।

    सो घटनामा आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनलाई प्रहरीबाट पेश भएको रायसहितको प्रतिवेदन ७ दिनभित्र उपलब्ध गराउनसमेत भनेको छ ।

    images

    Hunan-Rights-Commission.jpg

    images

    images
    images

    प्रकाशित :माघ ३०, २०८१ बुधवार - २२:१४:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij