• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !

प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !

images

प्रभाव न्यूज

३० माघ २०८१
  • 4.6K
    SHARES
  • images
    प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट हट्नुपर्दा कतिपय व्यक्ति छाती पिट्ने र कपाल लुछ्ने काममा लागिरहेको बताएका छन् । बुधवार निजामती कर्मचारी सङ्गठनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

    images


    ‘कतिपय व्यक्ति अहिले छाती पिटेका छन्, कपाल लुछेका छन् । स्वीजरल्याण्डमा पैसा लुकायो भन्छन्’, उनले भने, ‘यहाँ केही नपाएपछि स्वीजरल्याण्ड भनेर देखाउँछन् ।’ उनले त्यस्तो भन्ने मान्छे राघे पाटे, ध्वाँसे ध्वाँसे रहेको पनि बताए । ‘उही हो, राघे पाटे, ध्वाँसे ध्वाँसे उही मान्छे हो । स्वीजरल्याण्डको बैंकले विल पठायो रे १ कम्बोडियाको टेलिकमले विल बठायो रे ’, ओलीको भनाइ छ । 


    उनले वर्तमान गठबन्धन एमाले र कांग्रेस दुवैले चेतेपछि बनेको बताए ।  ‘कांग्रेसले पनि चेत्यो, हामीले पनि चेत्यौँ’, प्रधानमन्त्रीले भने( ‘शिवजीले समेत मरिसकेकी सतीदेवी काँधमा हालेर हिन्दा हिन्दा पार लागेन । यते झर्छ, उतै झर्छ ।’


    प्रधानमन्त्रीले शिवजीले पनि अगतिला तत्त्व बोक्दा पार नलागेको अवस्थामा आफूहरूले बोक्दा पार लाग्ने कुरै नभएको भन्दै माओवादीतर्फ सङ्केत गरे । 

    images


    ‘३२ नम्बर जितेको छ, धाक कस्तो छ भने पाँचै वर्ष खान्छु । धम्क्याएर खान्छु’, प्रचण्डको नाम नलिई ओलीले भने, ‘गजबको मिठो सपना भङ्ग भएपछि त्यस्ता तत्त्वहरूको बेहाल भएको छ ।’

    images

     

    images
    images

    प्रकाशित :माघ ३०, २०८१ बुधवार - २०:२४:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij