• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भूमिसम्बन्धी अध्यादेशलाई लोसपा नेपालले समर्थन नगर्ने

भूमिसम्बन्धी अध्यादेशलाई लोसपा नेपालले समर्थन नगर्ने

images

प्रभाव न्यूज

३० माघ २०८१
  • 3.6K
    SHARES
  • images
    भूमिसम्बन्धी अध्यादेशलाई लोसपा नेपालले समर्थन नगर्ने
    images
    images
    images

    लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत भएको लोसपा नेपालले जनाएको छ ।

    images

    अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई आफ्नो पार्टीले समर्थन नगर्ने स्पष्ट पारेका हुन् ।

    सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बञ्चित राख्ने तथा वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपा नेपालले ठहर गरेको छ ।

    ‘भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाईं, राजवंशी, रानाथारु लगायतका पूर्णरूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धीको दायराबाट बञ्चित राखिने तथा यो अध्यादेशले वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।’

    images

    images
    images

    प्रकाशित :माघ ३०, २०८१ बुधवार - २०:१४:३५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij