• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादी केन्द्रको कार्यदिशा होइन : श्रेष्ठ

चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादी केन्द्रको कार्यदिशा होइन : श्रेष्ठ

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 3.3K
    SHARES
  • images
    चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र माओवादी केन्द्रको कार्यदिशा होइन : श्रेष्ठ
    images
    images
    images

    खोटाङ- नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव लड्ने, जित्ने र सरकार बनाउने मात्र आफ्नो पार्टीको कार्यदिशा नभएको बताएका छन् । 

    images

    सोमबार माओवादी केन्द्रको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले माओवादी केन्द्र जनअधिकार र सुविधाका लागि सरकार, सदन र सडक गरी तीनै मोर्चाबाट लडिरहने बताए । 

    ‘पार्टीले क्रान्ति छाडेको छैन । प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक रूपान्तरणका लागि लडिरहेको छ’, उपाध्यक्ष श्रेष्ठले भने । 

    नेता श्रेष्ठले आफ्नो पार्टीको ध्यान सरकार ढाल्ने र बनाउनेमा नभइ राष्ट्रिय स्वाधिनता तथा संविधानको रक्षा, शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जिकिर गरे । उनले वर्तमान सरकारले ल्याएको अध्यादेश संसद्‌बाट पारित हुन नहुनेसमेत बताए । 

    images

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०९:४४:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij