• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गगन थापा भन्छन्- अब चुनावमा गठबन्धन गरौं भन्ने आँट कसैले राख्दैन, राखे पार्टीमा रहँदैन

गगन थापा भन्छन्- अब चुनावमा गठबन्धन गरौं भन्ने आँट कसैले राख्दैन, राखे पार्टीमा रहँदैन

images

प्रभाव न्यूज

२९ माघ २०८१
  • 3.1K
    SHARES
  • images
    गगन थापा भन्छन्- अब चुनावमा गठबन्धन गरौं भन्ने आँट कसैले राख्दैन, राखे पार्टीमा रहँदैन
    File Photo
    images
    images
    images

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा गठबन्धन गरौं भन्ने व्यक्ति पार्टीमा नरहने बताएका छन् ।
    चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावी गठबन्धन गरौं भन्ने आँट पार्टीमा कसैले नराख्ने बताए।

    images

    उनले भने, ‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौं। अब सिंगो पार्टी आयो ।’

    महामन्त्री थापाले निर्वाचन आयोगले छलफल चलाइरहेको १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने प्रस्तावलाई समर्थन जनाए ।

    पार्टीको प्रत्यक्ष उम्मेदवारले पाएको मतलाई नै समानुपातिकको मत मान्ने भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै नगर्ने उनको भनाइ छ ।

    images

    images
    images

    प्रकाशित :माघ २९, २०८१ मंगलवार - ०९:०४:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij